चैत २, काठमाडौँ । आज संघिय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दै छ । राष्ट्रिय सभा बैठक र प्रतिनिधि सभा दुबैको बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थिर संसद् भवनमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक र राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने समय तोकिएको छ ।
आजको प्रतिनिधिसभा
बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक
वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको
विधेयक टेबुल गर्ने कार्यसूची छ भने अध्यक्षले राष्ट्रियसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त
मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ । ।
- न्युज बहार संवाददाता