चैत १४, काठमाडौँ । मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो।
बुधबार बिहान ९ बजे पुनः बैठक बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन्।
आज बसेको बैठकमा कुन पार्टीले कतिवटा मन्त्रालय लिने र को को मन्त्री बन्ने भन्ने विषयमा छलफल भएको थियो तर भागबण्डा नमिलेपछि बैठक भोली पुनः बस्ने गरि टुगिंएको छ।
- न्युज बहार संवाददाता