मंसिर १९, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव, माइला र खड्गबहादुर विश्वकर्मा लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।
२०७६ पुसको मुद्दामा सोमबार काठमाडौँ जिल्ला अदालतले ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
आज विप्लवको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
- न्युज बहार संवाददाता