असोज ४, काठमाडौँ । शिक्षा विधेयकको विरोधमा आज पनि शिक्षकहरूको प्रदर्शन जारी रहेको छ । आज दोस्रो दिन पनि संसद् सचिवालयमा सरकारले दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन ।
देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आज काठमाडौँको माइतीघर तथा बानेश्वर क्षेत्रमा आन्दोलनमा उत्रिएका छन ।
आन्दोलन नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको हो । आन्दोलनका कारण अहिले काठमाडौँको मुख्य स्थान बानेश्वर, माइतिघर लगयतका सडकमा ट्राफिक अस्तव्यस्त बनेको छ ।
नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई ट्राफिक प्रहरीले डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा सवारीसाधनको लामो जाम लागेको छ ।खोलाका पुलहरुमा पनि जाम बढ्न थालेको छ । त्यस्तै नदी किनाराका करिडोरका बाटोमा सवारी चाप बढेन थालेपछी जामको असर सबैतिर देखिएको छ ।
- न्युज बहार संवाददाता