बैशाख
१२, हेटौँडा । बैशाख २४ गते सार्वजनिक विदा हुने भएको छ । बैशाख २४ गते बागमती प्रदेश
सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा प्रदेश सरकारको आज बुधवार दिउँसो बसेको बैठकले गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठका अनुसार प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको हो ।
- न्युज बहार संवाददाता