माघ १४, काठमाडौँ
। धरहरामा निःशुल्क पार्किङको व्यवस्था काठमाडौँ महानगरपालिकाले मिलाएको छ । आजदेखि
धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध हुने
भएको हो ।
गएको
मगलबारदेखि काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको
थियो । धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था
मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताएका
छन । उनले यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको
व्यवस्था मिलाएको जनाएका छन ।
- न्युज बहार संवाददाता