जेठ २३, काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा अहिले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ ।
यही क्रममा मंगलबार अपराह्न जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरेका छन ।
उनले जिल्ला यस प्रकरणमा बयानमा पोलिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने माग गरेका छन्।
उनले कुनै एउटा पहिलेको प्रसंगको उदाहरण दिदै भने ‘यस प्रकरणमा प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजाल लगायतले पैसा बुझाएको भनेका व्यक्तिहरूको नाम पोलेका छन्। अजयक्रान्ति शाक्य, आरजु राणा, मञ्जु खाण, बेचेन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेका छन्, आफूहरूले कुन कुन नेतालाई भेटेँ भनेर टेकनाथ रिजालले बयानमा खुलाएको देखिन्छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको भन्ने छ। उनीहरूमाथि पनि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्छ।’
- न्युज बहार संवाददाता