Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एउटा कोठाको विषयमा महानगर कार्यालयमै मेयर र उपमेयर पक्षबिच हानाहान

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । महानगर कार्यालयमै वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच हानाहान भएको छ । उपमेयर आलमको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा रोकेको थियो । सोही विषयलाई लिएर दुई पक्षबिच हानाहान भएको हो

महानगरका एक अधिकृतले अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको थियो, उहाँको लागि अर्को कोठा बनेपछि त्यो खाली कोठमा पञ्जीकरण शाखा राख्ने तयारी गरिरँहदा उपप्रमुखज्यूले आफ्नो कार्यकक्ष बनाउने भनेपछि विवाद सुरु भएको हो ।

ती अधिकृत कर्मचारीले ‘पहिले प्रमुखको सचिवालय र कर्मचारी विरुद्ध उपप्रमुखको सचिवालयबाट नसार्न दबाब आइरहेको थियो, उपप्रमुख र प्रमुखका समर्थकहरु सयौंको संख्यामा महानगर प्रवेश गरेपछि कार्यालयमा हानाहान नै भएको हो।’

दिउँसो कार्यालयमा तनाव भएपछि दिनभर सेवा नै अवरुद्ध भएको थियो । प्रमुख र उपप्रमुख नै विवाद मिलाउने भन्दा इगो देखाउन थालेको र पुलिस समयमै नआएको भए ठूलो दुर्घटना हुने सम्मको स्थिति सृजना भएको थियो ।

एकआपसमा ५-७ जना जुधेपछि प्रहरीले बल प्रयोग गरेको थियो भने त्यसपछी उपमेयर आलम कार्यकक्षमै रहेका छन् र मेयर सिंह कार्यालयबाट निस्केका छन् ।

५० भन्दा बढी प्रहरी उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपीको कमाण्डमा परिचालित गरेको छ

  • न्युज बहार संवाददाता

थप