साउन १३, काठमाडौँ । गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताएका छन ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताएका छन ।
उनले भने, “भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।”
- न्युज बहार संवाददाता