चैत २८, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आइतबार दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि हिजो सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो।
ढाकाकुमार श्रेष्ठको दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।
कपुरबोटले
ढाकाकुमारले आइतबार दुई करोड रूपैयाँ मागेको आफ्नो अडिओ सार्वजनिक भएपछि सोमबार पुनः दुर्गा प्रसाईंका टिममा
रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको उल्लेख गरेको छ।
ढाकाकुमारले अडिओको पछिल्लो
भागमा दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो
कि भन्दै गौतमलाई फोन गरेको सजिलै सुन्न र बुझ्न
सकिन्छ।
- न्युज बहार संवाददाता