असोज ९, काठमाडौँ । सडक व्यवसायीलाई काठमाडौँ महानगर छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन केही लचिलो देखिएको छ।
महानगर
स्रोतका अनुसार सडक व्यवसायीलाई चाडपर्व लक्षित गर्दै व्यापार गर्न दिन महानगर
तयार भएको हो।
उक्त
विषयमा अभियन्ता ईः र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरूका प्रतिनिधिबीच आज छलफल
भएको थियो।
यसका
साथै महानगरले पुसमा हुने कार्यपालिका बैठकमा केही नीतिगत विषय पनि संशोधन गर्नु
पर्ने भएमा नीति संशोधन गर्न सकिने पनि जनाएको छ।
वार्तामा
उपस्थित एक सदस्यले सहमति भएर मस्यौदा तयार भइरहेको जानकारी दिएका छन ।
राष्ट्रिय
सभागृहमा मंगलबार
दिउँसो महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच वार्ता भएको थियो भने
पछी अभियन्ता ईः पनि वार्तामा सहभागी भएका थिए ।
- न्युज बहार संवाददाता