कार्तिक १९, काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । शुक्रबार राति गएको भूकम्पपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन ।
मन्त्रिपरिषद् बैठक अहिले जारी रहेको छ भने बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गरिने छ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाइ भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाको विषयमा छलफल भइरहेको छ ।
- न्युज बहार संवाददाता