बैशाख ११, चितवन। सोमबार बिहान ८ बजे चितवन प्रतिनिधिसभा उपनिर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बस्ने भएको छ ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको जानकारी दिएका छन । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु हुने बताइएको छ ।
यसअघि हिजो आइतबार राति नै बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन ।
चितवन २ मा निर्वाचन आयोगले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान कांग्रेसले लिँदै आएको छ ।
- न्युज बहार संवाददाता