Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, बिहान ७ बजेवाट मतदानको समय सुरु हुने।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ। आज अब केही बेरमा सुरु हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। 

निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले आइतबार चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्‍बर १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको तयारी पूरा भएको जानकारी दिएका छन।

आयोगले निर्वाचनमा मत हाल्ने समय आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने जनाएको छ। 

सहायक प्रवक्ता वाग्लेले आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देशन दिईएको बताएका छन भने मतदानका समयमा प्रतिकूल मौसम बाट हुन सक्ने प्रभावको पुर्वनुमान गर्दै पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबन्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन समेत दिएको वाग्लेले  जानकारी दिएका छन। 

  • न्युज बहार संवाददाता

थप