साउन ३१, काठमाडौँ । अख्तियारको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादवलाई घुस सहित पक्राउ गरिएको जानकारी दिएका छन ।
लेखापाल टेकनारायणको साथबाट ३ लाख बराबरको चेक र वीरेन्द्र कुमार यादवको साथबाट २ लाख नगद बरामद गरेको आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जनाएका छन
- न्युज बहार संवाददाता