फागुन २८, काठमाडौँ । आज सोमबार रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
आज मध्याह्न
१२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बैठक बस्ने जानकारी प्राप्त भएको छ ।
रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालका अनुसार आगामी वैशाख १५ गते प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र
प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा
छलफल हुने छ ।
- न्युज बहार संवाददाता