साउन २०, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डका पीडितहरु सँग भेट गरेका छन्।
आज बिहान प्रधानमन्त्री ले न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोलीसँग भेट गरेका हुन ।
प्रधानमन्त्री प्रचण्डले उक्त भेटमा छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिएकी छन ।
- न्युज बहार संवाददाता