जेठ १४, काठमाडौँ
। आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको छ । नयाँ बानेश्वरमा रहेको सङ्घीय
संसद् भवनमा आज बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि
दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका
छन ।
त्यसैगरी
आजको बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र
संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको
संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित
कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता