चैत
१४, काठमाडौँ। सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने भएको छ।
एक
मन्त्रीले आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही
गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको बताएका छन।
उनले भने
‘मिटरब्याजको
सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने भन्ने कुरा छ, यसबारे कानुन संशोधनका लागि
प्रक्रियामा लैजाने निर्णय भएको छ।’
सरकारले केही
दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न
उनीहरूसँग वार्ता गर्न समिति पनि गठन गरिसकेको छ।
- न्युज बहार संवाददाता