भदौ
६, काठमाडौँ । यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ।
पोखराका
लागी काठमाडौँ छुटेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मा पर्ने
त्रिशुली नदीमा खसेको हो।
बस १०:४० बजे त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जनाएका छन ।
उनले भने “बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी रहेको छ, दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ, म पनि त्यस ठाउँमा जाँदै छु, थप विवरण आउन केही समय लाग्छ।”
- न्युज बहार संवाददाता