मंसिर
४, काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई
किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले कतारको दोहाबाट काठमाडौँ आएको जहाजकी एक जना यात्रुको साथबाट कोकिन बरामद
गरिएको जनाएको हो ।
सोमबार बिहान १० बजेतिर विमानस्थलबाट
प्रहरीको लागु
औषध अनुसन्धान ब्युरोको टोलीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएको
हो।
भारतको मिजोरोम राज्यकी करिब ३२
वर्षीया नागरिक किमरो साँगी इथोपियाबाट दोहा हुँदै काठमाडौँ आउने क्रममा पक्राउ
परेकी हुन्।
प्रहरीले उनको साथबाट एक किलो नौ सय ७३ ग्राम
कोकिन बरामद गरेको छ।
- न्युज बहार संवाददाता