Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जब हेलिकप्टरको पंखाको टुक्रा छिमेकी घरमा खस्यो।

  •   ४ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

चैत २५, काठमाडौँ। एयर डाइनेस्टी हेलिकप्टरको काठमाडौँमा रहेको ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिबार दिउँसो पौने २ बजेतिर उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले सोही अवतरण गर्ने क्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जानकारी दिएका हुन। 

उक्त एयर डाइनेस्टी हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो सोही क्रममा हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले भने ‘दुर्घटना भएको होइन। ल्यान्ड गर्दाखेरी पुच्छरको एउटा भाग चाहिँ अर्काको घरमा खसेको भेटियो, अहिले प्राविधिकहरूले हेर्दैछन्। कुनै क्षति भएको छैन।’


  • न्युज बहार संवाददाता

थप