चैत
१, काठमाडौँ। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी
वैशाख मसान्तभित्र माग सम्बोधन नभए फोहोर फाल्न रोक लगाइने चेतावनी दिएको छ।
बैशाखसम्म
आफ्ना सबै माग सम्बोधन नभएमा बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार
समितिले जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो।
ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक तथा उपसंयोजक श्रीराम ढुंगाना र सनत उप्रेतीले संयुक्त रुपमा काठमाडौं महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालयलाई पत्रचारमार्फत उक्त जानकारी गराएको छ।

- न्युज बहार संवाददाता