Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक जनाको मृत्यु हुनेगरी बाँकेको जयेन्दु बाल सुधार गृहमा तोडफोड र झडप

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । बाँकेको बाल सुधार गृहमा तोडफोड भएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको हो । गएराति बाल सुधार गृहमा राखिएकाहरुले नै सुधार गृह तोडफोड गरेका हुन् ।

दुई पक्षबीच गएराति झडप हुँदा १ जनाको मृत्यु समेत भएको छ  भने झडपमा परी १० जना घाइते भएका छन्।

स्थानीयका अनुसार उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँने सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गर्ने गरेका थिए । तोडफोड पछी अवस्था तनावपूर्ण बनेको छ । अहिले पनि सुधार गृहभित्र रहेकाहरुले नाराबाजी गरिरहेका छन् तर किन र के का लागी तोडफोड भएको भन्ने कारण खुलेको छैन ।

  • न्युज बहार संवाददाता

थप