बैशाख
१०, काठमाडौँ। काठमाडौंमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रहरीले
काठमाडौं महानगरपालिका-१४ स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना
चालकको मृत्यु भएको जनाएको छ।
दुर्घटनामा
पछी घाइते भएका चालकलाई कलंकीको नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा
उनको मृत्यु भएको हो।
यस्तै चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल सिजी गेट अगाडि हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा परेका एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान मृत्यु भएको हो।
- न्युज बहार संवाददाता