असार
५, बझाङ। सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह चढेको कार बझाङ
दुर्घटना भएको छ।
आन्तरिक
मामिलामन्त्री र अन्य यात्रु चढेको कार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा
भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना हुँदा
मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले दिएको जानकारी अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो।
आज मंगलबार दिउँसो करिब २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन्।
घाइते तिनै जनालाई उपचारको लागि हेलिकप्टरबाट नेपालगन्जमा पठाइएको छ।
- न्युज बहार संवाददाता