बैशाख २४, जनकपुर । जुम्ल्याहा बालकको धनुषाको एक पोखरीमा डुबेर मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीले शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालक डुबेका थिए। उनिहरुलाई निकाल्न नसक्दा डुबेरै मृत्यु भएको जनाएको छ ।
- न्युज बहार संवाददाता