असोज १७, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा दुई जना विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । उद्धव श्रेष्ठको छोरा सन्जिव श्रेष्ठ र राजकुमार श्रेष्ठका छोरा निर्मल श्रेष्ठको मृत्यु भएको हो । उनीहरुलाई ट्रकले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
काठमाडौँबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवालले जनाएका छन ।
मृत्यु पश्चात शव परीक्षणका लागि
गजुरी अस्पताल पठाइएको छ ।
मृतकका आफन्तले घटनापछि राजमार्ग
अवरुद्ध गरेका छन् ।
- न्युज बहार संवाददाता