पुस २१, काठमाडौँ । आज शनिबार काठमाडौँ चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली अबरुद्ध हुने भएको छ।
नेपाल विद्युत्
प्राधिकरणका अनुसार डाँछी फिडर अन्तर्गत आज उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत
सम्भार गर्नुपर्ने भएकाले बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बिजुली अबरुद्ध
हुने छ ।
प्राधिकरणले
फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म
बिजुली काटिने जनाएको छ ।
तर निर्धारित
समयअगावै काम सकिएमा अगाडि विद्युत सेवा सुरू हुने छ ।
- न्युज बहार संवाददाता