Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज जेठ १५ अर्थात गणतन्त्र दिवस मनाइदैँ

  •   २ महिना अघि | १५ जेष्ठ २०८१, मङ्लबार

जेठ १५, काठमाडौँ । आज नेपालभर विभिन्न कार्यक्रमको आयोजनासँगै गणतन्त्र दिवस मनाइदै छ ।

आज जनताको सङ्घर्ष, बलिदान र परिवर्तनलाई स्मरण गर्दै गणतन्त्र स्थापनाका अवसरमा यो दिवस मनाउन लागिएको हो । हरेक वर्ष जेठ १५ गते यो दिवस मानइन्छ । 

२०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणासँगै यस दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । आज सैनिक मञ्च टुँडीखेलमा यस अवसरमा विशेष समारोहको आयोजना पनि हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप