चैत ७, काठमाडौं । आज घोडे जात्रा पर्व हो। चैत्र
कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने यस घोडे जात्रा आज पनि विभिन्न कार्यक्रम
आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।
पहिलेको
परम्परा अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले
सहरका बालबालिकालाई खाने गरेको र स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरेको
।त्यसपछी राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय
स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापा
राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास राजधानीवासीमा रही
आएको छ।
आजैका दिन
टुँडिखेलमा अश्वकला, मोटरसाइकल
खेल, शारीरिक
व्यायाम, युद्धकला
लगायतको प्रदर्शन नेपाली सेनाका तर्फबाट गरिन्छ। सरकारले आज
घोडे जात्राको अवसरमा काठमाडौँ
उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
- न्युज बहार संवाददाता