चैत १७, काठमाडौँ। आज बिहानदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू हुने भएको छ।
आज परिक्षाको पहिलो दिन शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ।
आजवाट सुरु भएको एसईईमा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।
देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ परीक्षा केन्द्र रहेको एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी गराएका छन।
रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले यसपाली जापानबाटै परीक्षा दिन लागेका छन्।
एसईई परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन, भिडियो खिच्न पाइने छैन।
बोर्डले पत्रकारहरुले पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको जनाएको छ।
एसईईका लागी सबै क्षेत्रका गरेर ७८ हजार जनशक्ति परिचालन गरिएको छ भने परीक्षा चैत २९ गतेसम्म चल्ने परिक्षा बोर्डले जनाएको छ।
- न्युज बहार संवाददाता