Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाढीग्रस्त कागबेनी क्षेत्रका बासिन्दा तिन दिन देखी अन्धकारमा ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, मुस्ताङ । तीन दिनदेखि मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा विद्युत् अवरुद्ध भएको छ । यसरी बाढी आएदेखी विद्युत् अवरुद्ध हुँदा कागबेनीका स्थानीयहरु अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।

गएको आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले विद्युत्का पोल र तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको जानकारी दिएका छन ।

उनले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने बताएका छन । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको थियो । 

प्रजिअ केसीले भने, “अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ, सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ उहाँहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो ।”

कागबेनीका स्थानिय धावा दोर्जे गुरुङले विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको बताएका छन । 

  • न्युज बहार संवाददाता

थप