साउन ३१, काठमाडौँ । लोक सेवा आयोगले नयाँ आवेदन खुलाएको छ । आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको हो ।
आज बुधबार एक सूचना जारी गर्दै आयोगले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने गरी योग्यता पुगेका नागरिकहरूले आवेदन दिन सक्ने जनाएको छ ।
आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवश्यक कागजपत्रसहित आवेदन दिन आयोगले सूचनामा जनाएको छ ।
- न्युज बहार संवाददाता