Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछानेको राहदानीबारे प्रमाण माग्दै सरकारी वकिलको कार्यालय ।

तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिएका रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा सरकारी वकिलको कार्यालयले अनुसन्धान सुरु गरेको छ । सरकारी वकिल कार्यालयले आफूकहाँ पेश भएको जाहेरीलाई आधार मान्दै एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलले भने ‘हामीले आजमात्रै निर्णय गरेर अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय,  राहदानी विभागबाट उहाँको बारेमा विस्तृत विवरण मगाएका छौं’, जाहेरीकर्ता (युवराज पौडेल सफल)ले दिएको जाहेरीको सत्यता के हो, जाहेरी सत्य हो वा होईन जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा तब मात्र पठाउँछौ जब तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि हुन्छ ।

निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी लिन जिल्ला प्रहरी परिसर, काठमाडौंले अस्वीकार गरेपछि युवराज पौडेल (सफल)ले सरकारी वकिलको कार्यालय, काठमाडौंमा हिजो मात्र जाहेरी पेश गरेका थिए । सोही जाहेरीको आधारमा सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।

थप