Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“समस्या छिटै समाधान हुन्छ” प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछी पत्रकारसँगको कुराकानी

  •   ४ वर्ष अघि | २१ माघ २०७९, शनिबार

माघ २१, काठमाडौं । शनिबार पेरिसडाँडामा पार्टी कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवाद र समस्याहरुको समाधान छिटै हुने बताएका छन। रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भनि गरिएको प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या छिटै समाधान हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नै पाउनुपर्ने अडान राख्दै आएको छ भने  गृह नपाए सरकारबाट बाहिरिने रास्वपाले चेतावनी समेत दिएको छ।

सर्वोच्च अदालतले माघ १३ गते रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवाद मुद्दामा फैसला गर्दै सांसद बन्न अयोग्य ठहर्‍याएको थियो। त्यसपछि उनले पुन नेपाली नागरिकता लिई आफूलाई पुन गृहमन्त्रालय दिन माग गरिरहेका छन् । तर प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यसै कारणले गर्दा सत्ता गठबन्धनभित्र विवाद बढीरहेको छ ।

गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने  चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले। बिहीबार बसेको बैठकमा प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन आज सकिने छ ।

थप