Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राईलाई गर्यो रिहा

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

भदौ ३१, काठमाडौँ । प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा शनिबार पक्राउ गरेको दीपेन्द्र राईलाई आज आइतबार रिहा गरेको छ ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । सोही हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दीपेन्द्रलाई पक्राउ गरेको थियो । उनी आँफै ट्याक्सि चढेर पुलिस चौकी पुगेको र उनले लगाएको कपडामा रगत लागेको देखिएको प्रहरीले बताएको थियो, तर आइतबार प्रहरीले दीपेन्द्रलाई रिहा गरेको र उनलाई आफन्तको जिम्मामा छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जनाएका छन ।

सोही केसमा आज प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको छ । आफ्नो नवीन राईसँग रिसइबी रहेकोले सञ्जयले नविन लगायत घटना खुल्ने डरले स मिलमा भएका अन्यको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका कारण दीपेन्द्रको संलग्नता नदेखिएकाले उनलाई छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप