माघ २८, काठमाडौँ
। हिजो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा बाटोमा डाक्टरमाथि
लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी
पोशराज पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई
निलम्बन गरेको जानकारी दिएका छन ।
वरिष्ठ
हवलदार शम्भुजंग गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार राष्ट्रिय
ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन र नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत
रहेका डा. जनिथलाल
सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज भएको थियो । लाठीचार्जबाट डा. जनिथलाल सिंह गम्भीर घाइते भएका थिए ।
चिकित्सक
जनिथलाल सिंहले शल्यक्रिया सम्पन्न गरी घर फर्कने क्रममा आफ्नो परिचय पत्र
देखाउँदा देखाउँदै पनि उनिमाथी अस्पताल परिसर भित्रै प्रहरीद्वारा आक्रमण भएको
थियो भने स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत व्यक्तीमाथी यस्तो
आक्रमण गरेको भनि प्रहरी र राष्ट्रपतको सवारीको समयमा यस्तो भएकोले भीभीआईपीको
सवारीको समयमा सर्वसाधारणलाई दिने सकसको समेत चर्को आलोचना र विरोध भइरहेको छ ।