असोज २८, काठमाडौँ । हिजो शनिबार मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सढाईंलाई उपचारका लागी भारतको मुम्बई लगिएको छ ।
परिवार र मनाङ एयरको सल्लाहमा दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ हो ।
ह्याम्स अस्पतालका अनुसार उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमा भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ।
- न्युज बहार संवाददाता