चैत १२, काठमाडौँ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी
महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले आज गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएका
छन।
आइतबार
गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले नेपाल प्रहरीमा धेरै
कुराहरु सुधार गर्न आवश्यक रहेको बताएका छन्।
आजको कार्यक्रममा उनलाई गृह
सचिव विनोदप्रकाश सिंहले महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
नवनियुक्त
आइजिपी बसन्तबहादुर कुँवरले नेपाल प्रहरी
प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम
गर्ने पनि बताएका छन्।
- न्युज बहार संवाददाता