साउन
१४, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ। पहिरोका कारण आज बिहान
देखी अबरूद्ध भएको नारायणगढ-मुग्लिन सडक अहिले भर्खबाट खुलेको हो।
इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा आज बिहान पहिरो खसेपछि यातायात अबरूद्ध थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पहिरो हटाएपछि आज अपराह्नदेखि सडक खुलेको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता