बैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरका अव्यवस्थित तारको व्यवस्थापन गर्ने काम सुरु हुने भएको छ । आज सोमबारदेखि राजधानीको न्युरोड र माइतीघर आसपासमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको महानगरले जनाएको छ।
हिजो आइतबार काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आजवाट अव्यवस्थित तार व्यवस्थापन कार्य सुरु हुने छ।
काठमाडौँ
महानगरपालिकाले यसअघि नै १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे
काटिदिने सूचना सार्वजनिक गरिसकेको थियो ।
- न्युज बहार संवाददाता