Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरले दियो २४ घण्टाको समय।

महानगरले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरपालिकाको महानगर प्रहरी टोली सहितको टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशाला नाममा सञ्चालन भइरहेको महानगरका एक कर्मचारीले बताएका छन ।

यस्तै २० वटा भन्दा धेरै सटरहरु पशुपति क्षेत्रमा विना दर्ता सञ्चालन भइरहेको महानगरले गरेको निरीक्षणमा भेटिएको छ । धर्मशालाहरुले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकोले त्यस्तो संरचना समेत हटाउने समय दिएको महानगरका एक अधिकारीले जानकारी दिएका छन ।

पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसायहरु, अतिक्रमित संरचना हटाउन बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै अनुरोध गरेको थियो । सोही अनुसार महानगरले अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

 

 

  • न्युज बहार संवाददाता

थप