फागुन ८, काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।
करिब एक
वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको बताइएको
छ । आज भएको समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सो मेसिन
उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरेका छन । नेपाल राष्ट्र र नेपाली
जनताले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला भारत सरकारले गरेको
मानवीय सहयोग सदास्मरण गरिरहने उल्लेख गरेका छन ।
मन्त्री
गिरीले आर्थिक तथा सामाजिक रुपले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ट रहँदै
आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताएका छन ।