साउन २९, काठमडौँ । सप्तकोशी नदीमा पानिको बहाव उच्च भएको छ। सुनसरीस्थित सप्तकोशी नदीमा निरन्तर वर्षाका कारण पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता