जेठ १०, काठमाडौँ । बझाङ जिल्लामा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।
बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रकाले जानकारी गराएको छ।
भूकम्पको धक्का बाजुरा लगायत छिमेकी जिल्लामा पनि महसुस भएको छ ।
- न्युज बहार संवाददाता