चैत १८, नुवाकोट । शुक्रबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाहरुको काठमाडौँमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जानकारी दिएका छन।
आज राती मृत्यु हुनेमा काठमाडौँको ट्रमा सेन्टरमा उपचारको भईरहेको ४५ वर्षीया सानुकान्छी तामाङ रहेकी छिन।
घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का १६ वर्षीया मनमाया तामाङ र २५ वर्षीय छिरिङ तामाङ को मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था अझै पनि गम्भीर रहेको छ ।
- न्युज बहार संवाददाता