Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अख्तियार दुरुपयोग अनुसन्धान आयोग को ३२ औँ स्थापना दिवस ।

वर्तमान सरकार भ्रष्टाचारविरूद्ध हदैसम्म निर्मम हुने

  •   ४ वर्ष अघि | २८ माघ २०७९, शनिबार

माघ २८, काठमाडौ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवस हो । ३२ औँ स्थापना दिवसको अबसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको हित अभिवृद्धि, मुलुकको विकास र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

वर्तमान सरकार भ्रष्टाचारविरूद्ध हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।

नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको प्रधानमन्त्री प्रचण्डले बताए।

सरकारले सार्वजनिक निकायहरु जसले सेवा प्रवाह गर्छन त्यसमा भइरहेको अनुचित लेनदेनलाई, ढिलासुस्ती र  हैरानीलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको प्रधानमन्त्रीले बताएका छन । उनले अघि भने, ‘हामी प्रतिबद्धता गर्छै कि कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी र दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ पहल हुने छ।’

प्रधानमन्त्री दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दक्षता अभिवृद्धि, क्षमता विकास,  उच्च प्रविधिको प्रयोग र तथ्यपरक अनुसन्धान प्रणालीको अवलम्बन अनिवार्य रहेको बताए।

थप