फागुन १२, विराटनगर
। गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले तेह्रथुमको हातिखर्क गाउँमा भएको आगलागी
तत्काल नियन्त्रण गर्न नसकिने बताएका छन् ।
आगलागीका कारण अहिलेसम्म १४ घर पुरै जलेको जानकारी दिँदै उनले
त्योभन्दा धेरै क्षति हुन नदिनका लागि दुईवटा दमकलसहित तयारी अवस्थामा आफूहरु
रहेको जानकारी दिए ।
आगो अझै
नियन्त्रण बाहिर छ, हामी पनि
घटनास्थलमै छौं, सुख्खाग्रस्त
क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘अर्को ठूलो बस्तीमा आगालागीलाई
जान नदिन दुईवटा दमकलसहित हामी तयारी अवस्थामा छौं ।’
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित घटनास्थलमा रहेको उनले बताए । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो र झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको वडाका वडाध्यक्ष कृष्ण बास्कोटाले बताएका छन ।