साउन ९, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले सरकार विरुद्ध प्रदर्शन गरका छन। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल कलेजको विद्यार्थीहरु आन्दोलन थालेका हुन ।
विद्यार्थीले आज पनि बढी शुल्क फिर्ताको माग गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा रहेका विद्यार्थीहरुले ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ ‘विद्यार्थी शोषण बन्द गर’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
- न्युज बहार संवाददाता